राजनीति

काठमाडौं । नेकपा एमालेले दुई नेतृको निलम्बन फुकुवा गरेको छ । बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको हो ।
“निलम्बन फुकुवा भएको छ । पार्टी काममा लगाउने निर्णय भएको छ,” उपमहासचिव प्रदीप ज्ञवालीले भने ।
पार्टी कार्यालयका विषयमा दिएको अभिव्यक्तिले दुई नेतृलाई एमालेले निलम्बन गरेको थियो ।
प्रकाशित मिति: बुधबार, असार ११, २०८२ १८:१९
प्रतिक्रिया दिनुहोस्