site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अफगानिस्तानविरुद्ध जित निकाल्छौँ भन्ने आत्मविश्वास थियो : प्रशिक्षक गौचन

काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोलीका प्रशिक्षक शक्ति गौचनले विश्वकपमा छनोटबाट वञ्चित भएपछि अफगानिस्तानविरुद्ध जित निकाल्न सक्छौँ भन्ने आत्मविश्वास रहेको बताएका छन् । घरेलु मैदानमा भएको यू–१९ विश्वकप एसिया छनोटमा अफगानिस्तानविरुद्धको निर्णायक खेलमा शनिबार (वैशाख ६) वर्षा बाधक हुँदा नेपाल नवौँपल्ट विश्वकप खेल्नबाट वञ्चित भएको हो ।

योसँगै नेपाली टोलीका प्रशिक्षक शक्तिले अफगानिस्तानविरुद्ध जित निकाल्न खेलाडीमा बलियो आत्मबल रहे पनि वर्षा बाधक भएको बताए । तीन महिना छनोटको तयारी गरेर विश्वकप खेल्ने सपना बनाए पनि वर्षाले गर्दा सम्भव नभएको उनले उल्लेख गरे ।

खेल सम्भव नभएपछि पत्रकार सम्मेलनमा प्रशिक्षक शक्तिले भाग्यले पनि साथ नदिएको बताए ।

शृंखलाका तीनमध्ये दुई खेलको नतिजामा आफूहरूले गरेको प्रदर्शनका आधारमा खेलाडीमा पनि आत्मविश्वास बढेको अवस्था रहेको उनले बताए । यो ब्याचको यू–१९ टोलीमा अधिकांश नयाँ भए पनि क्षमतावान् खेलाडी रहेको उनको भनाइ छ ।

पाँच राष्ट्र सहभागी यू–१९ विश्वकप एसिया छनोटको लिग विजेताले विश्वकपमा स्थान बनाउने प्रावधान थियो । लिगमा समान सात अंक भए पनि नेट रनरेटमा नेपाललाई पछि पार्दै अफगानिस्तानले सन् २०२६ मा नामिबिया र जिम्बाब्वेमा हुने विश्वकपमा स्थान बनायो ।

मूलपानी क्रिकेट मैदान (तल्लो)मा शनिबार प्रतिस्पर्धा गर्नुअघि नेपाल र अफगानिस्तान दुवै टोली अपराजित थिए । नेट रनरेटमा अफगानिस्तान अगाडि रहेकाले विश्वकपमा छनोट हुन नेपालका निम्ति खेल हुनु आवश्यक थियो । बिहान केही समय वर्षा हुँदा मैदान भिजेको थियो । करिब पाँच घण्टाको पर्खाइपछि पनि सम्भव नदेखिँदा म्याच अफिसियलले खेल रद्द गरेका हुन् ।

अफगानिस्तानको ४.८१७० र नेपाल ३.५७६४ नेट रनरेटमा थियो । नेपाल सन् २०२२ पछि फेरि विश्वकपमा छनोट हुन असफल भएको हो ।

नेपाली यू–१९ टोलीका कप्तान नरेन भट्टले पनि खेल खेल्नै नपाई छनोट हुन असफल हुँदा धेरै दुःख लागेको बताए । जित्छौँ भन्ने आत्मविश्वास भए पनि वर्षाका कारण सम्भव नभएको उनले उल्लेख गरे ।

अफगानिस्तानका प्रशिक्षक रेइस अहमदजाईले नेपाली टोली पनि बलियो रहेको बताए । नेपाली खेलाडीले धेरै राम्रो प्रदर्शन गरेको भन्दै उनले विश्वकपमा छनोट हुन नसक्नुलाई अभागीका रूपमा टिप्पणी गरे ।

आफ्नो टोलीविरुद्ध नेपाली खेलाडीले राम्रो प्रदर्शन गरेको भन्दै उनले प्रशंसा गरे । नेपाली टोली विश्वकप खेल्नयोग्य रहेको पनि उनले बताए । आफू युद्धको अवस्थाबाट हुर्किएको र यो सफलता आफ्नो देशका निम्ति मुस्कान हुने उनको विश्वास छ । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  २२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro