site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हार्वर्ड विश्वविद्यालयलाई आर्थिक सहयोग रोकेपछि ट्रम्पले दिए यस्तो धम्की

काठमाडौं । हार्वर्ड विश्वविद्यालयलाई आर्थिक सहयोग बन्द गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब संस्थाको कर छुट फिर्ता लिने धम्की दिएका छन् ।

हार्वर्ड विश्वविद्यालयले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले पठाएको मागहरूको सूची लागु गर्न अस्वीकार गरेको थियो ।

गत हप्ता, ह्वाइट हाउसले विश्वविद्यालयको प्रशासन, भर्ती र भर्ना प्रक्रियामा परिवर्तनको लागि मागहरूको सूची पठाएको थियो । ह्वाइट हाउसले क्याम्पसमा यहूदी विरोधी भावनाविरुद्ध लड्न यो सूची सिर्जना गरिएको बताएको छ ।

विश्वविद्यालयले यी मागहरूलाई अस्वीकार गर्दै ह्वाइट हाउसले यसलाई नियन्त्रण गर्न खोजिरहेको बताएको थियो । त्यसपछि, ट्रम्प प्रशासनले विश्वविद्यालयलाई दिँदै आएको दुई अर्ब अमेरिकी डलरको कोष रोक्यो ।

ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा हार्वर्ड विश्वविद्यालयले राजनीतिक संस्थाको रूपमा कर तिर्नुपर्ने पोस्ट गरेका छन् ।

"हार्वर्ड विश्वविद्यालयले आफ्नो कर छुटको स्थिति त्याग्नुपर्छ," ट्रम्पले लेखेका छन् । बीबीसी

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  २३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro