
काठमाडौं । भारतीय व्यवसायी मेहुल चोक्सी बेल्जियममा पक्राउ परेका छन् । भारत सरकारको अनुरोधमा चोक्सीलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ ।
सन् २०१८ मा भारत छाडेका चोक्सीलाई शनिबार पक्राउ गरिएको उनका वकिल विजय अग्रवालले बताएका छन् ।
चोक्सी हिरा व्यापारी हुन् । उनीमाथि भारतको सबैभन्दा ठूलो बैंकको १.८ अर्ब डलर ठगी गरेको आरोप लागेको छ ।
चोक्सीले यस विषयमा सार्वजनिकरूपमा कुनै प्रतिक्रिया दिएका छैनन् । तर, उनका वकिलले उनको पक्राउ र भारतमा प्रत्यर्पणविरुद्ध अपिल गर्ने बताएका छन् ।
अग्रवालका अनुसार, धेरै नै बिरामी भएकाले उनी भाग्ने तयारीमा थिएनन् । उनको क्यान्सरको उपचार भइरहेको छ ।
“उनका विरुद्ध पर्याप्त प्रमाण छैन । प्रत्यर्पण अनुरोध राजनीतिक उद्देश्यले गरिएको हो । भारतमा उचित सुनुवाइ हुन नसक्ने विषय प्रत्यर्पणविरुद्ध अदालतमा लड्ने प्रमुख आधार हुन्,” उनका वकिलले भनेका छन् ।
बीबीसीबाट ।