site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उसु टोली सिक्किम जाने

काठमाडौं । सिक्किम एमेच्योर उसु संघको आयोजना हुन लागेको उसु प्रो नाइट्स फाइटमा सहभागी हुन मार्सल आर्ट्स अर्गनाइजेसन नेपालबाट पाँच खेलाडीसहित आठ सदस्यीय टोली वैशाख २ गते भारतको सिक्किमस्थित ग्याङटोक प्रस्थान गर्ने भएको छ ।

सिक्किम एमेच्योर उसु संघको मार्सल आर्ट्स अर्गनाइजेसनमा नेपाल प्रतियोगितामा सहभागी हुन लागेको हो । प्रतियोगितामा विभिन्न पाँच तौल समूहमा नेपाल र सिकिम्मका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।

अप्रिल १६ तारिखमा हुने प्रतियोगितामा नेपालबाट मिलन राईले ५२ केजी, निश्चल तामाङले ५६ केजी, कमल आचार्य ६० ले केजी, मिलन तामाङले ६५ केजी र विनोद श्रेष्ठले ७० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा राजीव महर्जन, टिम व्यवस्थापकमा किरणसिंह साउद र निर्णायकमा शंकर भुजेल टोलीसंग सिक्किम जाने छन् । हरेक स्पर्धामा पहिलो हुनेले ५० हजार तथा दोस्रोले २० हजार भारतीय रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

टोलीलाई कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे । उनले खेलाडीहरूलाई पदक जितेर आउन शुभकामना दिँदै उसु खेलको विकास र विस्तारका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा मेयर डंगोलले टोलीलाई व्यक्तिगत रूपमा ट्रयाकसुट प्रदान गरेको प्रशिक्षक महर्जनले जनाएका छन् ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  २३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro