site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाग्मतीस्तरीय पावर लिफ्टिङ प्रतियोगिता हुने

काठमाडौं  । ललितपुर जिल्ला पावर लिफ्टिङ संघको आयोजना तथा नेपाल पावर  लिफ्टिङ संघको सहकार्यमा काठमाडौंमा वाग्मतीस्तरीय पावर लिफ्टिङ प्रतियोगिता आयोजना हुने भएको छ । बुधबार आयोजक ललितपुर जिल्ला पावर लिफ्टिङ संघले पत्रकार सम्मेलन आयोजना गरी काठमाडौंमा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । आयोजकका अनुसार, वैशाख ५ र ६ गते राजधानीस्थित दशरथ रंगशालाको कभर्ड हलमा प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा वाग्मती प्रदेशमा दर्ता भएका संघ मात्रै सहभागी हुन पाउने र ती संघबाट मात्रै नेपालभरिका खेलाडीहरूले खेल्न पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा कुल १३ विधामा प्रतिस्पर्धा हुने जनाइएको छ । प्रतियोगितामा पुरुष, महिला र उमेर समूह गरी तीन विधाअन्तर्गत विभिन्न व्यक्तिगत प्रतिस्पर्धा हुने जनाइएको हो । जसमा पुरुषतर्फ ५९, ६६, ७४, ८३ भन्दा मुनि र ८३ भन्दामाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ । महिलातर्फ पनि ५७, ६३, ६९ भन्दामुनि र ६९ भन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ । र, उमेर समूहतर्फ मास्टर वर्गमा पुरुषतर्फ ५० वर्ष भन्दामाथि, महिलातर्फ ४० वर्ष माथि, सब जुनियरमा पुरुषतर्फ १८ वर्षभन्दा कम र जुनियरतर्फ पुरुषमा २३ वर्ष कम उमेरका पावर लिफटरहरूले प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको प्रत्येक तौल वर्गका पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ पाउनेछन् । त्यसैगरी, हरेक उमेर समूहमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँसहित ट्रफी, मेडल र आकर्षक गिफ्ट ह्याम्पर पाउनेछन् ।

प्रतियोगितको अनुमानित बजेट २५ लाख रुपैयाँ रहेको छ । जसमा नगद पुरस्कारका लागि मात्रै आठ लाख रुपैयाँ छुट्याइएको छ । प्रतियोगितामा १०० देखि १५० खेलाडीले सहभागिता जनाउने बताइएको छ । अगामी साउन ३०, ३१ र भदौ १ गते काठमाडौंमा आयोजना हुने एसियन पावर  लिफ्टिङ प्रतियोगिताका लागि पनि खेलाडी छनोट गरिने बताइएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro