site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
तनावपूर्ण खेलमा रियाललाई तीन अंक, एमबाप्पेलाई रातो कार्ड

काठमाडौं । युवा स्टार केलियन एम्बाप्पेले रातो कार्ड व्यहोरेको खेलमा रियाल मड्रिडले स्पेनिस ला लिगामा डिपोर्टिभो अलाभेसविरुद्ध १–० को कठिन जित निकालेको छ । आइतबार रातिको खेलमा डिपोर्टिभो अलाभेसका खेलाडीलाई खराब फाउल गरेपछि फ्रान्सका अट्याकरले सिधै रातो कार्ड सामना गरेका हुन् । खेलको ३८औँ मिनेटमा उनले रातो कार्ड व्यहोरेका थिए ।

त्यसअघि, ३४औँ मिनेटमा एडुर्डाे कामाभिंगाले गोल गरेका थिए । त्यही गोल निर्णायक बन्दा रियालले साँघुरो जितसँगै महत्त्वपूर्ण तीन अंक पक्का गरेको हो ।

७०औँ मिनेटमा डिपोर्टिभो अलाभेसका मुना सान्चेजले पनि रातो कार्ड पाएपछि दुवै टिम १० खेलाडीमा सीमित भएका थिए । तनावपूर्ण खेलमा रेफ्रीले आठ पहेँलो कार्ड देखाएका थिए ।

यो जितसँगै रियालले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ । ३१ खेलबाट रियालको ६६ अंक छ । समान खेलबाट बार्सिलोना ७० अंक जोड्दै शीर्ष स्थानमा छ । डिपोर्टिभोलाई भने यो हारले रेलिगेसनको डर बढाएको छ । डिपोर्टिभो ३० अंकसहित १७औँ स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  १०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro