site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘पूर्ण बहादुरको सारङ्गी’ हेरेका दर्शक ‘कोशेढुंगा’मा निराश नहुने दाबी

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले नयाँ सिनेमा ‘कोशेढुंगा’ निर्देशन गरिरहेका छन् । ‘कोशेढुंगा’को छायांकन स्याङ्जामा भइरहेको छ । 

‘कोशेढुंगा’का कार्यकारी निर्माता दिनेश खड्काले दर्शकलाई निराश नबनाउने बताएका छन् । चलचित्रको स्क्रिप्ट, प्रि–प्रोडक्सन र छायांकनमा भइरहेको मिहिनेतले ‘पूर्ण बहादुरको सारङ्गी’ हेरेर ‘कोशेढुंगा’ हेर्न आउने दर्शक निराश नहुनेमा आफू ढुक्क रहेको उनले बताएका निर्माणपक्षले प्रेसनोटमा उल्लेख गरेको छ ।  

“अहिले भइरहेको काम अनुसारको चलचित्र बन्दा दर्शक निराश हुने अवस्था आउँदैन,” खड्काले भने । स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा ‘कोशेढुंगा’को करिब एक महिनादेखि छायाकंन भइरहेको छ । 

कार्यकारी निर्माता खड्काका अनुसार अबको एक सातामा सम्पूर्ण छायांकन सकिनेछ ।

‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटालगायतको अभिनय रहनेछ । 

चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । बाबु श्रेष्ठले छायांकन गरिरहेको यो सिनेमालाई सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् ।

यस चलचित्रको गीतमा रिदम कँडेल र आशिष अविरलको संगीत रहने छ । कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।

निर्माण टोलीका अनुसार ‘कोशेढुंगा’लाई विसं. २०८२ मा प्रदर्शन हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro