site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
उपाधिका लागि नेपाल र कुवेत भिड्दै  
फाइल तस्बिर ।

काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजको उपाधिका लागि आज नेपाल र कुवेत भिड्दै छन् । हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा आजको खेल नेपाली समयानुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । 

शनिबार भएको घरेलु टोली हङकङसँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल फाइनलमा पुगेको थियो । शनिबार टस हारेर हङकङले पहिले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएपछि खेल रोकियो । 

हङकङले नौ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले समान एक–एक अंक बाँडेका थिए । जारी प्रतियोगितामा पाँच अंक बटुलेको नेपाल तालिकाको शीर्षस्थान कायम गर्दै फाइनलमा सुरक्षित स्थान बनाएको थियो । 
 
नेपालले आफ्नो पहिलो खेलमा गत बुधबार कतारलाई आठ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराएको थियो ।

कुवेतले शनिबार बिहान भएको खेलमा कतारलाई ६ विकेटले हराउँदै चार अंकसहित फाइनलमा पुगेको थियो । रासस

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  ०९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro