
काठमाडौं । नेपाली खेलकुद पत्रकारहरूको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भएको छ । मञ्चले आइतबार भोटका आधारमा विजेता चुनिने पिपल्स च्वाइसका पाँच मनोनीत खेलाडी सार्वजनिक गरेको हो । जसमा क्रिकेटकी पूजा महतो, फुटबलकी रेखा पौडेल, उसुका विजय सिन्जाली, भलिबलका हिमाल सोनारी र टेबलटेनिसका इभाना थापा छन् ।
मनोनयन सार्वजनिकसँगै ५० प्रतिशत मतभार रहने डिजिटल वालेट आइएमई खल्तीमा भोटिङ आइतबार नै सुरु भइसकेको छ । यसैगरी सामाजिक सञ्जाल फेसबुक मतभार २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्नेछ), नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र नेपाल खेलकुद पत्रकार (मञ्च) का सदस्यको मतभार १२.५ प्रतिशत रहनेछ ।
पिपल्स च्वाइस २०८१ को मनोनयन पर्ने खेलाडीहरूको उपलब्धि :
विजय सिन्जाली (उसु)
– जापानको योकोहामामा सम्पन्न तेस्रो थाउलु विश्वकपमा कांस्य पदक जित्न सफल खेलाडी ।
– साउदी अरेबियाको रियादमा भएको विश्व कम्ब्याट च्याम्पियनसिपमा कांस्य जित्न सफल ।
–चीनमा सम्पन्न दुई अन्तर्राष्ट्रिय आमन्त्रण उसु च्याम्पियनसिपमा तुइलेन विधामा तेस्रो स्थान र जियान्सु विधामा आठभित्र पर्न सफल । त्यसैका आधारमा थाउलु विश्वकपमा स्थान बनाउन सफल ।
–एसियन युनिभर्सिटी उसु च्याम्पियनसिपका प्रतिस्पर्धी खेलाडी ।
– विगतमा १३औँ सागमा स्वर्ण र १२औँ सागमा रजत जित्न सफल खेलाडी ।
इभाना थापा (टेबलटेनिस)
– दक्षिण एसियाली टेबलटेनिसमा चार पदक
– एकलमा तेस्रो, गर्ल्स डबल्समा दोस्रो, गर्ल्स टिममा दोस्रो, मिक्स डबल्समा तेस्रो हुँदै पदक जित्न सफल
– २७औँ एसियाली टेबलटेनिस च्याम्पियनसिपमा काजकिस्तानविरुद्धको खेल जित्न सफल खेलाडी ।
–ओलम्पिक क्वालिफायरमा सेमिफाइनलसम्म पुग्न सफल
–एसियन युथ च्याम्पियनसिप उज्वेकिस्तानमा सहभागी
– दोस्रो जुनियर एन्ड मास्टर्स टेबलटेनिस (यू–१९ गर्ल्स स्वर्ण)
– पुष्पराज मेमोरियल, बनेपा ओपनलगायत थुप्रै राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल ।
हिमाल सोनारी (भलिबल)
– नवौँ एनभीएल लिगमा २०८२ : उपविजेता टोलीका महत्त्वपूर्ण सदस्य
– पाँचौँ टाइगर कप भलिबल च्याम्पियनसिपका उपविजेता टोलीका सदस्य ।
– तेस्रो टाइगर कप भलिबलमा च्याम्पियन गण्डकी प्रदेश टोलीका महत्त्वपूर्ण । प्रतियोगिताका वेस्ट सर्भर ।
– नेपालको राष्ट्रिय खेल भलिबलका समर्थकमाझ लोकप्रिय खेलाडी । सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका खेलाडी ।
पूजा महतो (क्रिकेट)
–आईसीसी यू–१९ महिला विश्वकप क्रिकेटमा एसिया छनोटमा च्याम्पियन भएर यू–१९ विश्वकपमा खेल्ने टोलीकी कप्तान ।
–पहिलोपल्ट विश्वकप खेलेका नेपाली टोलीका लागि छनोटमा ब्याट र बल दुवैबाट उत्कृष्ट प्रदर्शन दिन सफल खेलाडी ।
– शतक बनाउन सफल महिला खेलाडी । नेपालले कुवेतलाई १६५ रनको हराउँदा पूजाले ६९ बलमा १७ चौकासहित अविजित १३० रन बनाउन सफल ।
– प्रतियोगितामा सर्वाधिक रन २७२ बनाएर शीर्ष र बलिङमा १० विकेट लिएर दोस्रो स्थानमा रहन सफल खेलाडी ।
– एसीसी महिला यू–१९ एसिया कपमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएर इतिहास बनाउँदा उत्कृष्ट प्रदर्शन गर्न सफल खेलाडी । नेपाली महिलाले आईसीसीको पूर्ण सदस्य राष्ट्रलाई हराएको त्यो पहिलोपल्ट थियो ।
– सिनियर राष्ट्रिय टोलीबाट पनि प्रभावशाली प्रदर्शन ।
रेखा पौडेल (फुटबल)
– एएफसी महिला च्याम्पियन्स लिग खेल्ने नेपालकी पहिलो खेलाडी ।
– यूएईको अबुधाबी कन्ट्री क्लबमा आबद्ध भई डेब्युमै लाओसको योङ एलिफेन्ट्सविरुद्ध निर्णायक गोल गर्न सफल ।
– वैकल्पिक खेलाडीका रूपमा खेल्दै रेखा साउदी अरेबियाको अल नासरविरुद्धको १–० को जितमा निर्णायक गोल गर्न सफल । जित हात पार्दै अबुधाबी कन्ट्री क्लब अर्को पुग्दा रेखाको मुख्य भूमिका ।
– साफ महिला च्याम्पियनसिप २०२४ मा सात गोलसहित सर्वाधिक गोलकर्ता बन्न सफल खेलाडी । माल्दिभ्सविरुद्ध एक्लैले पाँच गोल, श्रीलंकाविरुद्ध दुई गोल ।
– साफमा ह्याट्रिक गर्ने दोस्रो महिला खेलाडी