site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा दिउँसो वर्षा हुने, चारवटा प्रदेशमा बिहानैदेखि पानी पर्न सुरु  
फाइल तस्बिर । 

काठमाडौं । देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ । वाग्मती प्रदेशलगायत विभिन्न क्षेत्रमा वर्षा भइरहेको हो । 

बिहान गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा पूर्णतया बदली भएर वर्षा भइरहेको छ । यी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् हरिप्रसाद दाहालले बताए । 

उनका अनुसार वाग्मती प्रदेशको सिन्धुपाल्चोकका केही स्थानमा पानी पर्न सुरु भएको छ । बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा वर्षा भइरहेको छ । 

दिउँसो सुदूरपश्मि र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा पूर्णदेखि आंशिक बदली हुनेछ । 

काठमाडौंमा आज वर्षाको सम्भावना छ । “११/१२ बजेपछि केही समय काठमाडौंका हल्का वर्षाको सम्भावना छ,” मौसमविद् दाहालले भने, “काठमाडौंका सबै स्थानमा हुँदैन, केही स्थानमा हुन्छ । लामो समय निरन्तर वर्षा भने हुँदैन ।” 

आज राति पनि केही प्रदेशमा वर्षाको सम्भावना छ । “राति कोसी र मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,” मौसमविद् दाहालले भने, “बाँकी प्रदेशका पहाडी भूभागमा पनि वर्षाको सम्भावना छ ।” 

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  ०७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro