site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हुरीबतास र वर्षाले तानसेन महोत्सव प्रभावित

पाल्पा । पाल्पामा जारी दोस्रो तानसेन महोत्सव हुरीबतास र वर्षाका कारण प्रभावित भएको छ । तानसेनको कृषि, रोजगार, पर्यटन तथा व्यापारलक्षित यही चैत २२ गतेदेखि सञ्चालित महोत्सव बुधबार (चैत २७) दिउँसोदेखिको वर्षा र हुरीबतासले प्रभावित भएको हो ।

बुधबार दिउँसो कार्यक्रमको तयारी भइरहेका बेला अचानक वर्षा र हुरीबतास चलेपछि महोत्सवमा भागदौड मच्चिएको थियो । कार्यक्रममा प्रस्तुति देखाउन आएका स्थानीयदेखि राष्ट्रियस्तरका कलाकार समेत आफ्नो कला देखाउनबाट वञ्चित भए ।

असिनासहित वर्षा भएपछि महोत्सव हेर्न भेला भएका बालबालिकादेखि बुढापाकाबीच भागदौड मच्चिएको थियो ।

वर्षाका कारण सांस्कृतिक कार्यक्रम स्थगन गरी आज (बिहीबार) सञ्चालन गर्ने आयोजकको तयारी थियो । तर, बुधबार राति ठूलो हुरीबतास र वर्षाका कारण महोत्सवस्थलमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वार, घेरबारलगायत संरचनामा क्षति पुगेको छ । त्यसले गर्दा महोत्सव नै अनिश्चित बनेको छ ।

महोत्सवस्थलमा राखिएका विभिन्न स्टलका सामान समेत हावाले उडाएको व्यापारीले बताएका छन् । हुरीबतासले मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वर्षा र हावाहुरीका कारण महोत्सवस्थलमा ठूलो क्षति पुगेकाले पुनः नयाँ संरचना निर्माण गरेर मात्र महोत्सव सञ्चालन गरिने पाल्पा व्यापार संघका अध्यक्ष विष्णुुबहादुर कार्कीले बताए । उनका अनुसार, महोत्सवमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वारमा क्षति पुगेको छ । क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको छ ।

महोत्सवमा ३०० भन्दा बढी स्टल राखिएका छन् । कृषि, उत्पादन, लघु तथा घरेलु, शैक्षिक सामग्री प्रदर्शनी, बैंक तथा वित्तीय संस्था, सूचना प्रविधि, अटोमोबाइल, स्वास्थ्य, पर्यटन तथा अन्य स्वदेशी उत्पादन र बालउद्यान साथै होटेल तथा रेन्टुरेन्टका स्टल छन् । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro