देश

मान्म (कालीकोट) । वर्षाका कारण पहिरो गएपछि कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत–हुम्ला सडकखण्ड अवरुद्ध भएको छ । कालीकोटको रास्कोट नगरपालिका–८ को भात्तडीमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, सान्नी त्रिवेणी गाउँपालिका–३ सिस्नेमा गएको पहिरो प्रहरी, यात्रु तथा स्थानीयको सक्रियतामा सञ्चालनमा आएको छ । रा
स्कोट नगरपालिका–८ भात्तडीमा गएको पहिरो प्रहरी, स्थानीय र स्काभेटरबाट पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख टेकबहादुर रावतले जानकारी दिए ।
“अहिले पहिरो पन्छाउने काम भइरहेको छ,” उनले भने, “आज नै सडक सञ्चालनमा आउँछ ।” रासस
प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१ १२:१०
प्रतिक्रिया दिनुहोस्