site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरी नक्कली साधु बनेका पर्साको विन्दवासिनी गाउँपालिका–२ का ६२ वर्षीय लोकनाथ साह तेली १७ वर्षपछि पक्राउ परेका छन् ।

छिमेकी ढोडा मुखिया विनको २०६४ वैशाख २५ गते गोली प्रहारबाट हत्या गरी फरार भएका  थिए । तेलीलाई भारतको बिहार राज्यको चम्पारण पिरियामा रहेको रामजानकी मन्दिरको पुजारीका रूपमा १० वर्षदेखि साधुको भेष धारणा गरी लुकिछिपी रहेको अवस्थामा केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

हत्यापश्चात् फरार भएका तेलीलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २०६९ कात्तिक २४ गते सर्वस्वसहित जन्मकैद ठहर गरेको थियो । उनलाई नेपाल आएको मौका पारी केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार पर्साको वीरगञ्जबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

तेलीलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत पर्सामा पेस गरिएको ब्युरोका प्रहरी उपरीक्षक सुधीरराज शाहीले राससलाई जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  २३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro