
काठमाडौं । हङकङमा हुने चारदेशीय ट्वान्टी–२० शृंखला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली टिमको बिदाइ गरेको हो । बिदाइ कार्यक्रममा क्यानका उपाध्यक्ष रोशन सिंह, प्रवक्ता छुम्बी लामा र जनरल म्यानेजर उत्सव ढुंगानाको उपस्थिति थियो ।
अप्रिल ९ देखि सुरु हुने प्रतियोगितामा नेपाली टिमले पहिलो दिन कतारसँग खेल्ने तालिका छ । यस्तै, नेपालले अप्रिल १० मा कुवेतसँग र अप्रिल १२ मा घरेलु टिम हङकङसँग खेल्ने तालिका छ ।
नेपाली टिम सोमबारनै प्रतियोगिताका निम्ति त्यसतर्फ प्रस्थान गर्ने तालिका छ । नेपाली टिमको कप्तानी जिम्मेवारी रोहितकुमार पौडेलले पाउँदा प्रशिक्षकमा भने ज्ञानेन्द्र मल्ल छन् ।
नवनियुक्त मुख्य प्रशिक्षक स्टुवार्ड ल नेपाल आइनपुगेको हुँदा पूर्वकप्तान समेत रहेका ज्ञानेन्द्रले यो जिम्मेवारी पाएका हुन् ।