बाह्रखरी फोटो

जनकपुर । रामनवमीको अवसरमा आइतबार जनकपुरस्थित जानकी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहानैदेखि भारत र नेपालका विभिन्न ठाउँबाट मन्दिर दर्शन गर्न आउने भक्तजनहरूको भीड लागेको छ ।
मन्दिर व्यवस्थापन समितिले दर्शनार्थीको चाप हेरेर व्यवस्थित रूपमा दर्शन गर्न पाउने प्रबन्ध गरिएको जनाएको छ । नजिकै रहेको राममन्दिर दर्शनपछि जानकी मन्दिर आउने गरिन्छ । रामनवमीमा जनकपुरधाममा विशेष मेला नै लागेको छ । जानकी मन्दिर नजिकैको गंगासागरमा साँझको विशेष आरती समेत हुने गरेको छ ।
प्रकाशित मिति: आइतबार, चैत २४, २०८१ १९:५१
प्रतिक्रिया दिनुहोस्