site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
खर्च र कर्मचारी कटौतीविरुद्ध अमेरिकामा विरोध

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको संघीय सरकारमा गरिएको व्यापक खर्च र कर्मचारी कटौती तथा सरकारले लिएका नीतिहरूको विरोधमा देशका विभिन्न सहर तथा नगरमा दशौँ हजार प्रदर्शनकारी जम्मा भएको एबीसी न्युजले जनाएको छ ।

प्रदर्शनकारीहरू घरमै बनेका पोस्टरहरू बोकेर ट्रम्प प्रशासनविरुद्ध 'ह्यान्ड्स अफ̎' (हस्तक्षेप रोक) भन्ने नारा लगाउँदै सहभागी भएको बताइएको छ ।

अमेरिकी तल्लो संसद् कांग्रेसका केही सदस्यहरूसहित डेमोक्रेटिक पार्टीका प्रमुख नेताहरूले पनि ती प्रदर्शनमा सहभागिता जनाएका थिए ।

प्रदर्शनकारीहरूले ट्रम्प प्रशासनको गलत शासन व्यवस्था र संविधान उल्लंघनका कार्यहरूविरुद्ध जनतालाई चुप लागेर नबस्न आग्रह गरेका थिए ।

समाचारमा बताइएअनुसार राजधानी वासिंटन डीसीमा मात्र एक लाख प्रदर्शनकारी उपस्थित भएका थिए ।

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro