site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
क्यालिफोर्निया विश्वविद्यालयबाट दर्जनौँ विदेशी विद्यार्थीलाई अमेरिकाले निकाल्यो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्यालिफोर्निया राज्यका विभिन्न विश्वविद्यालयका दर्जनौँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरेको लसएन्जेलस टाइम्सले जनाएको छ ।

क्यालिफोर्निया विश्वविद्यालय, लस एन्जेलसका शिक्षक र विद्यार्थीहरूका अनुसार, कम्तीमा नौ अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द भएको छ । ती विद्यार्थीहरूलाई आप्रवासी प्राधिकरणले पक्राउ गरेको हो । तर, उनीहरूको भिसा किन रद्द भयो भन्नेबारे जानकारी दिइएको छैन ।

यसैगरी क्यालिफोर्निया विश्वविद्यालय, सान डिएगोका कुलपति प्रदीप खोस्लाले शुक्रबार साँझ पाँच विद्यार्थीको भिसा रद्द भएको बताए । उनका अनुसार, बिनाकुनै पूर्वजानकारी विश्वविद्यालयले यो सूचना प्राप्त गरेको बताए । यसबाहेक अर्का एक विद्यार्थीलाई अध्यागमनमा रोकेर प्रवेश नदिएपछि आफ्नो देश फिर्ता पठाइएको पनि उनले बताए ।

क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेका प्रवक्ताले पनि चार विद्यार्थीको भिसा रद्द भएको पुष्टि गरे । उनका अनुसार, रद्द भएको दुई भिसा हाल स्नातक र स्नातकोत्तर गरिरहेका विद्यार्थी र रद्द भएको अन्य दुई भिसा हालै स्नातक गरेका विद्यार्थीहरूको थियो ।

क्यालिफोर्निया विश्वविद्यालय, डेभिसका सात विद्यार्थी र पाँचजना हालै स्नातक गरेका विद्यार्थीहरूको भिसा रद्द भएको बताइएको छ ।

यसका साथै स्ट्यानफोर्ड यूनिभर्सिटीका चारजना अध्यानरत विद्यार्थी र दुईजना हालै स्नातक गरेका विद्यार्थीको भिसा रद्द भएको विश्वविद्यालयले बताएको छ ।

युनिभर्सिटी अफ क्यालिफोर्नियाले जनाएअनुसार धेरै क्याम्पसहरूमा भिसा स्थिति गुमाउने विद्यार्थीहरू रहेका छन् । तर, यसबारे थप जानकारी दिइएको छैन ।

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro