site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
३९७ स्थानीय तहमा अझै पुगेन स्वास्थ्य बिमा बोर्डको प्रथम सेवा विन्दु

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रम लागु गर्न हालसम्म देशभरका ३५६ स्थानीय तहमा प्रथम सेवा विन्दु पुगेको जनाएको छ ।

आइतबार बोर्डको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिइएको हो । सम्मेलनमा बोल्दै बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले ४७.७ प्रतिशत स्थानीय तहमा बोर्डको आफ्नै प्रथम सेवा विन्दु रहेको जानकारी दिए । उनले हालसम्म पनि ३९७ स्थानीय तहमा प्रथम सेवा विन्दु नपुगेको जानकारी दिँदै ती स्थानीय तहका बिमित सेवाग्राहीहरूले नजिकैको अर्को स्थानीय तहमा गएर सेवा लिनुपर्ने बाध्यता रहेको बताए ।

तुलनात्मक रूपमा सुगम क्षेत्रका स्थानीय तहहरूमा बिमा सेवाको प्रथम सेवा विन्दु धेरै पुगेको जानकारी दिए । कार्यकारी निर्देशक काफ्लेले प्रत्येक वर्ष बिमा नवीकरण नगर्ने बिमितहरूको संख्या समेत बढ्दै गएको जानकारी दिए ।

उनका अनुसार, वि.स. २०७४/०७५ मा बिमा नवीकरण नगर्ने ५४ प्रतिशत, ०७८/७९ मा ६४ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको हालसम्मको संख्या ५४ प्रतिशत रहेको छ । एकपटक बिमा गरिसकेपछि किन बिमा नवीकरण गर्दैनन् भन्नबारे विश्लेषण गरेर समाधानको उपाय खोज्न जरुरी रहेको बताए ।

दोहोरोपनाको कारण बिमितको यथार्थ विवरण प्राप्त गर्न समेत कठिन भएको उनको भनाइ छ । यद्यपि, स्वास्थ्य बिमा गरेका बिमितहरूले स्वास्थ्य उपचार सेवा लिने क्रम बढ्दै गएको समेत उनले जानकारी दिए । लक्षित वर्गभन्दा सहर र सुगम क्षेत्रका नागरिकले धेरै स्वास्थ्य उपचार सेवा लिने गरेको बोर्डको तथ्यांक छ ।

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro