site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
नीतिगत स्थायित्व आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा दक्ष जनशक्तिको अभाव रहेको बताएका छन् ।

शनिबार बाह्रखरी मिडियाले आयोजना गरेको ‘ऐनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’मा अध्यक्ष ढकालले नेपालमा दक्ष जनशक्तिको समस्या रहेकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताए ।

Argakhachi Cement Island Ad

अध्यक्ष ढकालले नीतिगत स्थायित्व आवश्यक रहेको पनि बताए । उनले नियामक र सञ्चालक छुट्टाछुट्टै बनाउनुपर्ने बताए ।

“नेपाल नागरिक उड्ड्यन प्राधिकरण, नेपाल विद्युत् प्राधिकरणजस्ता संस्थाको छुट्टाछुट्टै हुनुपर्छ,” उनले भने, “सरकारले नीतिगत स्थायित्व भए निजी क्षेत्रले लगानी बढाउँछ ।”

पूर्वाधारमा लगानीका लागि सरकारका केही नीतिगत समस्या रहेको बताउँदै उनले सरकारले नीतिगत स्थायित्वमा ध्यान दिनुपर्ने बताए ।
 

प्रकाशित मिति: शनिबार, चैत २३, २०८१  १८:०७
प्रतिक्रिया दिनुहोस्