site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
फिनटेकबाहेक अन्य क्षेत्रले भनेजस्तो गर्न सकेन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले फिनटेकबाहेक अन्य कुरामा त्यति राम्रो गर्न नसकेको बताएका छन् । 

शनिबार बाह्रखरी मिडियाले आयोजना गरेको ‘बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै उनले डिजिटल नेपाल फ्रेमवर्क राम्रोसँग लागु गर्ने हो भने आईसीटी सेक्टर ठूलो क्षेत्र हुने बताएका हुन् । नेपालमा आइटी क्षेत्रमा लगानी र काम गर्ने हुटहुटी रहे पनि नीतिगत अस्थिरता रहेको बताए । धेरै मान्छे बाहिर गएर नेपालमा आइटी क्षेत्रमा नयाँ सीप भित्रिएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सूचना प्रविधिको निर्यातको लागि सरकारले धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ । नेपालमा भित्रिने र बाहिरिने सूचना प्रविधिको ‘ट्रान्जेक्सन’ सहज हुनुपर्ने बताए । अन्य देशले आगामी १० वर्षको लागि सूचना प्रविधिको विकासका लागिपरेको र त्यो समय नेपालको लागि पनि भएको थापाको भनाइ छ ।

 

प्रकाशित मिति: शनिबार, चैत २३, २०८१  १६:०९
प्रतिक्रिया दिनुहोस्