site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महानगरलाई तिर्न राजावादीले उठाए आठ लाख ३० हजार, पत्र नसच्चिएसम्म जरिवाना नतिर्ने
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवाना रकम तिर्न राजावादीले आठ लाख ३० हजार रुपैयाँ संकलन गरेका छन् । मंगलबार मध्याह्नसम्म आठ लाख ३० हजार रुपैयाँ संकलन भइसकेको अभियानमा संलग्न रमेशराज बास्तोलाले जानकारी दिए ।

उनका अनुसार, महानगरलाई तिर्नुपर्ने जरिवाना रकम संकलन भइसकेकाले अभियान रोकिसकेको छ ।

तर, उनीहरूले पत्र सच्चाएर महानगरले दुर्गा प्रसाईं र नवराज सुवेदीको नाममा पत्र काटेमात्रै जरिवाना रकम तिर्ने बताएका छन् ।

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले सोमबार एक विज्ञप्तिमार्फत महानगरले पूर्वराजा शाहलाई लगाएको जरिवाना फिर्ता लिन आग्रह गरेका थिए ।

यही चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शनका क्रममा तोडफोड र फोहोर गरेबापत महानगरले पूर्वराजा शाहलाई जरिवाना तिर्न पत्र काटेको थियो । महानगरले विभिन्न नौ शीर्षकमा आठ पत्रमार्फत पूर्वराजा शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

पत्र लिएर आइतबार (चैत १७) बिहान महानगरको नगरप्रहरी टोली निर्मलनिवास पुगेको थियो । तर, निर्मलनिवासले पत्र बुझेन । त्यसपछि हुलाकमार्फत जरिवानापत्र पठाइएको महानगरले जनाएको छ ।

यसअघि, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजाको स्वागतार्थ आयोजित कार्यक्रमका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नाममा महानगरले एक लाख रुपैयाँ जरिवाना तोकेको थियो । महानगरले तोकेको जरिवाना राप्रपाले तिरिसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro