site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आपराधिक घटनामा पूर्वराजाले उन्मुक्ति पाउनु हुन्न : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपराधिक घटनामा संलग्न भए पूर्वराजा ज्ञानेन्द्र शाहले पनि उन्मुक्ति नपाउने बताएका छन् । सोमबार (चैत १८) प्रतिनिधिसभा बैठकमा सम्बोधनक्रममा उनले यही चैत १५ गते काठमाडौंमा राजावादीको हिंसात्मक प्रदर्शनप्रति संकेत गर्दै यस्तो बताएका हुन् ।

“आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुन्न । यसमा पूर्व राजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न,” प्रधानमन्त्री ओलीले भने ।

उनले पूर्वराजा शाहले गएको फागुन ७ गते आफू ‘अघि बढ्ने, साथ देऊ’ भन्दै वक्तव्यबाजी गरेर भड्काउने कार्य सुरु गरेको बताए । त्यसलगत्तै ठाउँठाउँमा स्वागत कार्यक्रम राख्दै जनता भड्काउने कार्य गरिएको उनले जिकिर गरे । गएको फागुन २५ गते ‘कथित स्वागत–सवारी’ आयोजना यसैको उदाहरण भएको उनले बताए ।

“चैत १४ गते समाज बिथोल्न लागिपरेका एकजना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित ‘जनकमान्डर’ तोक्नुभयो र हिंसात्मक वारदातका लागि खटाउनुभयो,” प्रधानमन्त्री ओलीले भने ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro