राजनीति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह आफू घरमा बसेर अरूलाई उक्साएर हिंसात्मक प्रदर्शनमा पठाएको आरोप लगाएका छन् । सोमबार (चैत १८) राष्ट्रियसभा बैठकमा सम्बोधनक्रममा उनले यस्तो आरोप लगाएका छन् ।
“चैत १५ गतेको कार्यक्रममा आयोजक को हुन् भन्नेमा केही आशंका र द्वविधा समेत थियो,” प्रधानमन्त्री ओली तीनकुनेको हिंसात्मक प्रदर्शनप्रति संकेत गर्दै भने, “द्वविधा किन नहोस्, आयोजक घरमा बस्ने, अनि उक्साइएका र तिखारिएकाहरू सडकमा देखिने भएपछि ।”
प्रधानमन्त्री ओलीले सोमबार नै प्रतिनिधिसभा बैठकमा पनि सम्बोधन गरेका थिए ।
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१ १३:०७
प्रतिक्रिया दिनुहोस्