site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शंखपार्कको वायु 'अति अस्वस्थकर', ६ सहर अस्वस्थर

काठमाडौं । काठमाडौंको शंखपार्कको वायु 'अति अस्वस्थकर' भएको छ । सोमबार बिहान ११ः३० बजे शंखपार्कमा वायुको गुणस्तर मापदण्ड (एक्यूआई) २०८ पुगेको वातावरण विभागको तथ्यांक छ ।

विभागका अनुसार, उपत्यकाका चारसहित देशका ६ स्थान अस्वस्थकर छन् । काठमाडौंको रत्नपार्कको एक्यूआई १९०, भक्तपुरको १८३, ललितपुरको भैँसेपाटीको १८४ र खुमलटारको १७४ पुगेको छ ।

सोही समयमा उपत्यकाबाहिर धनगढीको एक्यूआई १५४ र इलामको १५२ मापन भएको छ । यीबाहेक अन्य सहरको एक्यूआई १५० भन्दा कम छ ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ ।

यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ तथा बन्दै जाने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  ११:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro