site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुर्गेश थापाले गाए चलचित्र ‘कर्मा’को गीत

काठमाडौं । गायक दुर्गेश थापाले चलचित्र ‘कर्मा’को गीत गाएका छन् । सौरभ चौधरीको निर्देशन रहेको चलचित्र ‘कर्मा’का लागि दुर्गेशले गीत गाएका हुन् । 

केही दिन अगाडि दुर्गेशले रेकर्ड गरेको गीतको भिडियो पनि खिचिएको छ । आइतबार गीतको भिडियो छायांकन भएको छ । दुर्गेशको गीत चलचित्रभित्रै समावेश हुनेछ । 

दुर्गेशले पछिल्लो समय चलचित्रका लागि प्रोमोसनल सङ गाउन छोडेका छन् । उनको गीतमा चलचित्रका मुख्य कलाकार विपीन कार्की, उपासनासिंह ठकुरीलगायत फिचर्ड हुनेछन् । केही दिनमा उक्त गीत सार्वजनिक हुनेछ । 

चलचित्र ‘कर्मा’ चैत २९ गते रिलिज हुँदै छ । ‘कर्मा’मा विपीन र उपासनासँगै कुमुन भुसाल, सरिता गिरी, दिब्यदेवलगायत कलाकारको अभिनय छ । सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  ०६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro