site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मस्कले एकैदिन यूएस इन्स्टिच्युट अफ पिसका ३०० कर्मचारी हटाए

काठमाडौं । अमेरिकी अर्बपति व्यापारी एलोन मस्क नेतृत्वको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसेन्सीले यूएस इन्स्टिच्युट अफ पिस संस्थाका लगभग सबै कमचारीलाई मध्यरातमा इमेल पठाएर एकैदिन हटाएको छ । उक्त संस्थामा ३०० कर्मचारी कार्यरत थिए ।

यूएस इन्स्टिच्युट अफ पिस अमेरिकाको तल्लो सदन कंग्रेसद्वारा स्थापित र आर्थिक सहयोगअन्तर्गतको एउटा ‘थिंक ट्यांक’ हो । सरकारी संस्थानको खर्च कटौती गर्ने नीतिका रूपमा कर्मचारी हटाइएको छ ।

संस्थाका एक पूर्ववरिष्ठ अधिकारीले बताए अनुसार, मानव संशाधन विभागका केही र विदेशमा रहेका थोरैबाहेक सबै कर्मचारी बर्खास्त गरिएको छ । विदेशमा रहेका कर्मचारीलाई आउँदो अप्रिल ९ सम्म अमेरिका फर्कने म्याद दिइएको छ ।

कर्मचारीलाई बर्खास्तसम्बन्धी इमेल शुक्रबार मध्यरातमा व्यक्तिगत खातामा पठाइएको थियो । कर्मचारीले संस्थागत प्रणालीमा यसअघि नै पहुँच गुमाइसकेका थिए । संस्थागत इमेलमा उनीहरूको पहुँच नभएको एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको महिना उक्त संस्था बन्द गर्नेसम्बन्धी एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro