site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिलवालको ‘डोरम्याट’माथि अन्तरक्रिया 

काठमाडौं । कवि छविरमण सिलवालको कविताकृति ‘डोरम्याट’माथि अन्तरक्रिया भएको छ । 

शनिबार सुनकोसी वाङ्मय प्रतिष्ठानले बौद्धमा आयोजना गरेको कार्यक्रममा वक्ता कवि कृष्ण बाउसेले कविताकृति डोरम्याटलाई नेपाली जनताको विम्बका रूपमा लिएको उल्लेख गरे । कवि बाउसेले पुस्तकमा सुन्दर पर्या कविताहरू पनि परेकोमा खुसी हुँदै पर्यावरणीय दृष्टिचेतका कविता आउनु राम्रो भएको बताए । 

कवि एवं साहित्यिक पत्रकार विमल भौकाजीले डोरम्याट आयातीत शब्द भए पनि यसलाई नेपाली बोलीचालीको भाषामा साहित्यले ग्रहण गरिसकेको बताउँदै यस वर्ष पढेका कविताकृतिमध्ये डोरम्याट सुललित, सरल बिम्बहरू प्रयोग गरी समसामयिकतालाई ध्यान दिएको कवितासंग्रह भएको उल्लेख गरे । 

कवि आरएम डंगोलले सामान्यतया कथ्य एउटै भए पनि त्यसलाई कसरी प्रयोग गर्ने भन्ने कविको आफ्नै शैली हुने बताए । उनले समकालीन नेपाली कविताको मूलमै लेखिएका कविताहरू भएकाले कथ्यको हिसाबले प्रचलित शैलीमै कविताहरू कृतिमा आएको उल्लेख गरे ।

साहित्यकार नवराज रिजालले पाठकीय टिप्पणी प्रस्तुत गर्दै कविता जीवनसँग जोडिनुपर्ने बताए । कृतिकार सिलवालले लेखकीय मन्तव्य राख्दै समाजका अवयवहरूले कविता कोर्न आफूलाई प्रेरित गरेको बताएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  ०८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro