site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रहरीले माग्यो प्रहरी निरीक्षकसहित १०४ जनाको नयाँ भर्ना

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरीको प्राविधिक समूहतर्फ नयाँ भर्ना आह्वान गरेको छ । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त दरबन्दी भर्नाका लागि दरखास्त आह्वान गरिएको हो ।

जसमा प्राविधिक प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताबाट समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्न लागिएको हो । विभिन्न पदका लागि १०४ जना मागिएको छ ।

जसमध्ये इन्जिनियरिङतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि ११ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि ४५ जना, स्वास्थ्यतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि २२ जना, प्राविधिक प्रहरी नायव निरीक्षक पदका लागि १५ जनाको माग गरिएको छ ।

यसरी नै प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि आठजना, केनाईनतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि एकजना र प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि एकजना तथा हातहतियारतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि एकजना नयाँ भर्नाका लागि दरखास्त आह्वान गरिएको हो ।

दरखास्त दिने उमेदवारहरूले नेपाल प्रहरीको सातवटै प्रदेश प्रहरी कार्यालयमा अनलाइन दरखास्त संकलन तथा दर्ता गर्न सक्नेछन् । चैत १८ गतेदेखि ०८२ वैशाख १६ गतेसम्म अनलाइन प्रणालीमार्फत कार्यालय समयभित्र दरखास्त फारम बुझाउन सकिनेछ ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro