site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जात्रालाई अवरोध हुने गरी सभा–सम्मेलन नगर्न अनुरोध
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौं महानगरभित्र यही चैत १५ गते पाहाँचन्हे जात्रा मनाइँदै छ । महानगरको यतखा, कोठाननी, यतखा, तमोगल्ली, भण्डार, मजाःदेयगःमरू, बसन्तपुर, ढोकाटोल, चसान, लाखःगल्ली दमाइटोल, क्लब छँय, सुन्तागल्ली, मुगल्ली, कँकेश्वरी मन्दिर लगायतका स्थानमा जात्रा हुनेछ ।

काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बलले बिहीबार सूचना जारी गर्दै सो स्थानमा जात्रालाई अवरोध हुने गरी कुनै पनि सभा, सम्मेलन जस्ता कार्यक्रम नगर्नु/नगराउन अनुरोध गरेको छ ।

साथै, जात्राको रूटलाई सहज आवागमनमा सहयोग गर्न भनिएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  २०:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro