site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डोल्पो एफसीको आयोजनामा इन्टर एकेडेमी फुटसल प्रतियोगिता हुने
Tiktok banner adTiktok banner ad

काठमाडौं । डोल्पो एफसीको आयोजनामा इन्टर एकेडेमी फुटसल प्रतियोगिता हुने भएको छ । बिहीबार डोल्पो एफसीले आगामी ११ अप्रिल २०२५ मा इन्टर एकेडेमी फुटसल प्रतियोगिता आयोजना गर्न लागेको जनाएको हो ।

आयोजकका अनुसार, प्रतियोगिता तीनचुलीस्थित ग्रिन फुटसलमा हुनेछ । प्रतियोगितामा यू–१०, यू–१३, र यू–१६ गरी तीन उमेर समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा विजेता तथा उपविजेता टोलीहरूलाई ट्रफी र नगद पुरस्कार प्रदान गरिने जनाइएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई उत्कुष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता गरी तीन व्यक्तिगत विधामा पुरस्कार दिइनेछ ।

डोल्पो एफसीले पहिलोपटक प्रतियोगिताको आयोजना गर्न लागेको हो । आयोजकले नेपाली युवा फुटबल खेलाडीको प्रतिभा उजागर गर्ने उत्कृष्ट अवसर बन्ने र एकेडेमी स्तरमा फुटबल खेलको प्रवर्धन गर्न भूमिका खेल्ने विश्वास लिएको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro