site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिद्धार्थ बैंकको 'ग्लोबल मनी विक'अन्तर्गतका कार्यक्रम सम्पन्न
Tiktok banner adTiktok banner ad

काठमाडौं । सिद्धार्थ बैंकले ग्लोबल मनी विकको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिकरूपमा सचेत र सशक्त बनाउने उद्देश्यले बैंकले सातै प्रदेशमा विद्यालय एवं क्याम्पस गरी २४ स्थानमा विद्यार्थीलक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

यस वर्षको ग्लोबल मनी विक (मार्च १७ देखि २३ गतेसम्म) २०२५ को नारा ‘थिंक बिफोर यू फोलो, वाइज मनी टुमरो’लाई सार्थक बनाउने प्रयासस्वरूप बैंकले कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबारमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराइएको थियो । कार्यक्रममा एकहजार २१२ जना विद्यार्थी सहभागी भए ।

विद्यार्थीहरूलाई बैंकको आधारभूत बैंकिङ सञ्चालन र विभिन्न बैंकिङ माध्यम सम्बन्धी व्यवहारिकरूपमा शिक्षा प्रदान गर्ने उद्देश्यले ४४८ जना विद्यार्थीहरूलाई बैंकको विभिन्न शाखामा भ्रमण कार्यक्रम पनि आयोजना गरिएको थियो ।

यस सप्ताहव्यापी रूपमा मनाइएको ग्लोबल मनी विकमा बैंकले कुल ३८ कार्यक्रममार्फत एक हजार ६६० विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro