site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजावादी र गणतन्त्रवादीको प्रदर्शनले भोलि बिहानैदेखि काठमाडौंका यी ठाउँमा हुनेछ सवारी जाम
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी र भृकुटीमण्डपमा गणतन्त्रवादीहरू भोलि (चैत १५ गते) प्रदर्शनमा उत्रिँदै छन् । प्रदर्शनका कारण बिहानैदेखि काठमाडौंका सडकमा सवारी जाम हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले बिहानैदेखि सवारी जाम हुन सक्ने बताए । उनका अनुसार, भोलि एकहजार ८०० ट्राफिक प्रहरी खटाउने तयारी छ ।

“भृकुटीमण्डपमा गणतन्त्रवादीहरूले राति १२ बजेदेखि नै स्टेज बनाउन थाल्ने भनेका छन् । त्यस्तै, तीनकुनमा पनि राजावादीहरूको प्रदर्शन छ । विभिन्न ठाउँबाट र्‍याली निकाल्ने हुँदा सवारी आवागमन असहज हुन्छ,” उनले भने ।

समाजवादी मोर्चामा रहेका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहितले भृकुटीमण्डपमा पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताविरुद्ध प्रदर्शन गर्दै छन् ।

दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ अभियान’ले काठमाडौंको तीनकुनेमा कार्यक्रम गर्दै छ । राजावादीको प्रदर्शनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पनि समर्थन छ ।

भृकुटीमण्डपमा ११ बजेदेखि र १ बजेदेखि तीनकुनेमा प्रदर्शन हुने तय भएको छ ।

ट्राफिक प्रहरीका अनुसार, रत्नपार्क, डिल्लीबजार, पुतलीसडक, बागबजार क्षेत्रमा बिहानैदेखि सवारी आवागमन असहज हुनेछ ।

त्यस्तै, एयरपोर्ट, गौशाला, सिनामंगल, कोटेश्वर, बानेश्वर क्षेत्रका सडकमा पनि सवारी आवागमन अस्तव्यस्त बन्न सक्ने ट्राफिक प्रहरीको अनुमान छ ।

“भोलिका लागि तयारी गरेका छौँ । आवश्यकताअनुसार विभिन्न सडकबाट सवारी डाइभर्सन हुन्छ । त्यसका लागि हामीसँग भएको सबै ट्राफिक पालैपालो गरी खटिन्छौँ,” गिरीले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro