site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विपक्षी दल ‘चिसै पानीले नुहाउनुपर्ने’ अवस्थामा आउँछन् : प्रधानमन्त्री 
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई हटाएको विषयमा जवाफ दिन आवश्यक नरहेको बताएका छन् । 

राष्ट्रिय युवा संघ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटिपिटी रोएको टिप्पणी गर्दै यस विषयमा प्रधानमन्त्रीले जवाफ दिइरहनु नपर्ने बताए । 

एकजनालाई हटाएर अर्कोलाई नियुक्ति गर्नु नै प्रधानमन्त्रीको जवाफ भएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले अरूलाई सहयोग हुनेगरी जो भन्यो त्यही नियुक्ति गर्ने काम सरकारको नभएको जिकिर गरे । 

उनले चैत १८ गतेभित्र अध्यादेशहरूलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेको आरोप लगाए । उनले हल्का र उत्ताउलो नहुन विपक्षी दललाई सुझाव दिए । 

प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्न चेतावनी दिँदै ओलीले विपक्षी दल चिसै पानीले नुहाउनुपर्ने अवस्थामा आउने तर्क गरे । त्यस्तै उनले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको स्पष्ट पारे । 

एमाले अध्यक्ष ओलीले कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकासविरोधीले काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गर्न युवा संघलाई निर्देशन दिए ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro