site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सकियो तेस्रो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’

काठमाडौं । काठमाडौंमा भएकाे तेस्रो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ (नेटफिस्ट) मंगलबार सकिएको छ । अमजद परवेजको निर्देशन र रमेश रञ्जनको लेखन रहेको मैथिली नाटक ‘सामा चाको सामा चाको अहिवा हे’ मञ्चनसँगै महोत्सवको समापन भएको हो ।

महोत्सवमा १२ देशका १७ नाटक मञ्चन भएका थिए । जापान र नेपालको ‘कन्दाता एन्ड शकुन्तला’, भारतको ‘एबओर्जिनल क्राइ’ र ‘तमासा’, चीनको ‘मोचौ मोचौ’, ट्युनिसियाको ‘एसेच’, इरानको ‘एन्टिगोनी’, लिथुवानीया र स्पेनको ‘अराइभ्ड’, चीनको ‘चार्मिङ जिन्जु ओपेर एपिसोड्स’लगायत नाटक मञ्चन भए । नेपालबाट ‘झोडा’ र ‘सामा चाको सामा चाको अहिवा हे’ छनोटमा परेका थिए ।

महोत्सवमा रंगमञ्चसँगै कला संस्कृति, सिनेमा, मिडिया, नीति, राजनीतिलगायत विविध विषयमा हरेक दिन छलफल भएका थिए । महोत्सवको पहिलो अन्तर्क्रिया यही विषयकेन्द्रित थियो ।

मण्डला थिएटर, थापागाउँमा आयोजना भएको निटफेस्टले ‘सामाजिक रूपान्तरणका लागि रंगमञ्चः रैथाने ज्ञानको उज्यालो’ थिम बोकेको थियो । नाटकसँगै कविता, नृत्य, संगीत, चित्रकलालगायत अन्य कलात्मक प्रस्तुतिहरू समेटिएका थिए । स्कटल्यान्ड, चीन र जर्मनीका कलाकारद्वारा तीन फरक कार्यशाला आयोजना समेत भएका थिए ।

निटफेस्टका अध्यक्ष तथा अभिनेता दयाहाङ राईले महोत्सवमा भएका मञ्चन, प्रस्तुति र दर्शकको उत्साहजनक सहभागिताले आफूलाई सन्तुष्ट बनाएको र महोत्सवलाई निरन्तरता दिन उर्जा थपेको बताए ।

महोत्सवमा विभिन्न देशबाट सयभन्दा बढी कलाकार सहभागी थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  २१:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro