site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउन शाक्यलाई ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकारणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । शपथ ग्रहण गराउँदै मन्त्री खड्काले नवनियुक्त कार्यकारी निर्देशक शाक्यलाई डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउन निर्देशन दिएका छन् ।

शपथग्रहण कार्यक्रममा ऊर्जामन्त्री खड्काले उद्योगीसँग प्राधिकरणले लिनुपर्ने वक्यौता मन्त्रिपरिषद्को निर्णयलाई समेत मध्यनजर गरी तत्काल असुल गर्ने प्रक्रिया अगाडि बढाउन एवम् ग्राहकहरूलाई लोडसेडिङ नहुने अवस्था बनाउन निर्देशन दिए । मन्त्री खड्काले उर्जा क्षेत्र नेपालकै समृद्धिको प्रमुख आधार रहेको भन्दै विद्युत प्राधिकरणले इमान्दार भएर जनताको पक्षमा नतिजा देखिने गरी काम गर्न निर्देशन समेत दिए ।

मन्त्रालयका सचिव सुरेश आचार्यले हालको चुनौतीपूर्ण अवस्थामा प्राधिकरणको साख जोगिने गरी काम गर्न निर्देशन दिए । नवनियुक्त कार्यकारी निर्देशक शाक्यले मन, वचन र कर्मले आफ्नो योग्यता र क्षमताको अधिकतम प्रयोग गरी प्राधिकरणलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  २०:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro