site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
असल बैंकिङ र इमानदार व्यवसायी हुँदा प्राप्त गरेको सफलता

काठमाडौं । ४० को दशकबाट व्यवसाय सुरु गरेका वीरगन्जका व्यवसायी देवकी नन्दन अग्रवाल प्रदीप पोलेथिन इन्ड्रस्टी ग्रुपका सञ्चालक हुन् । कुनै दिन पाँच लाख ऋण लिएर व्यवसाय विस्तार गर्न डराउने देवकी नन्दन आज १८/१९ करोड रुपैयाँको वार्षिक कारोबार कम्पनीको सञ्चालक छन् । 

उनको प्रदीप पोलेथिन इन्ड्रस्टी ग्रुपले अहिले पनि नबिल बैंकबाट ११/१२ करोड रुपैयाँ ऋणको साँवा ब्याजको किस्ता तिरिरहेको छ । उनी नबिल बैंकका नेपाल अरब बैंक स्थापना कालदेखिकै पुराना ग्राहक हुन् । “मैले व्यवसाय सुरू गर्दा राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकसँग कारोबार गर्न झन्झट थियो । गोदाममा बैंककै कर्मचारीले ताला लगाउँथे । २०४२ सालमा निजी क्षेत्रको नेपाल अरब बैंक बिरगञ्जमा खुलेपछि मलाई व्यवसाय विस्तार गर्न सहज भयो,” २०३९ सालमा व्यवसाय सुरु गरेका देवकी नन्दनले नबिल बैंकसँगको पहिलो कारोबारलाई यसरी सम्झिए । 

नेपाल अरब बैंक खुल्नुभन्दा पहिले बैंकका कर्मचारीको स्वीकृति लिएर आफ्नै गोदामको सामान प्रयोग गर्नुपर्ने स्थिति रहेको उनले बताए । निजी क्षेत्रको बैंकबाट कारोबार गर्दा त्यस्तो झन्झट भोग्नु परेन । “२०४२ सालमा नेपाल अरब बैंकको उद्घाटनकै बेला म्यानेजरलाई फ्याक्ट्री भिजिट गर्न बोलाएँ । पाँच लाख लोन माग गरेँ । बैंकका म्यानेजरले स्वीकृति दिए,” उनले भने ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यो बेलादेखि नै बैंकका कर्मचारीले आफूलाई सहयोग गरेको उनको भनाइ छ । उद्योगले पनि इमानदार भएर काम गरेको उनी बताउँछन् । त्यही इमानदारिताले गर्दा नबिल बैंकसँग ३८ वर्षदेखिको व्यावसायिक सम्बन्ध अहिले पनि कायमै छ । 

बैंकले विश्वास गर्दा आफै व्यावसायिक भवन बनाउन सफल भएको उनी बताउँछन् । 

“पहिले मैले बहालमा व्यापार सञ्चालन गर्दै आएको थिएँ । नेपाल अरब बैंकले नै आफ्नै घर बनाउन सुझाव दियो र ऋण पनि पास गरिदियो,” उनले भने, “यो बाहेक गोदाम घर, मेसिन घर बनाउन पनि बैंकले ऋण उपलब्ध गरायो । हामीले तोकिएको ब्याज र किस्ता समयमै तिर्दै आयौँ । पछि यो बैंक नबिल बैंक भयो । नबिल बैंकले पनि राम्रो सेवा दिँदै आएको छ ।” 

नबिल बैंककै सहयोगले आफ्नो व्यवसाय विस्तार भएको उनी बताउँछन् । 

उनले अहिलेसम्म नबिलमा मात्र बैंकिङ कारोबार गर्दै आएका छन् । यो बैंकसँगको पुरानो ग्राहक भएकाले अन्त कारोबार गर्ने नपर्ने गरी चाहेको सुविधा दिँदै आएको उनी बताउँछन् । 

“यो बैंकले कुनै पनि दुख दिँदैन । अहिले पनि व्यापार तथा औद्योगिक गरेर नबिल बैंकमा उद्योगको झन्डै ११ देखि १२ करोड रुपैयाँ ऋण छ । मेरो कारोबार यही एउटै बैंकसँग मात्र छ,” उनले भने । 

ऋणको नवीकरण प्रत्येक वर्ष गर्नुपर्छ । बैंकको आफू सानो ऋणी भए पनि प्राथमिकता दिएको उनी बताउँछन् । यो उद्योगमा करिब २० जना कर्मचारी कार्यरत रहेको उनी बताउँछन् ।

मेसिनरी काम बढी भएकाले धेरै कर्मचारी आवश्यक नरहेको उनी बताउँछन् । आवश्यकता पर्दा कामदार ज्यालादारीमा राख्ने गरेको पनि उनले बताए ।   नबिल बैंकले अहिले पनि साना तथा मझौला व्यवसायीलाई प्राथमिकता दिँदै आएको छ । 

साना तथा मझौला उद्योगीलाई सहयोग पुग्ने गरी बैंकले सन् २००८ देखि एसएमई विभाग नै सञ्चालनमा ल्याएको छ ।  बैंकका अनुसार हालसम्म १९ हजारले साना तथा मझौला उद्यमीअन्तर्गत ऋण लिएका छन् । नबिल बैंकले चैत मसान्तसम्म ९२ अर्ब ८० करोड रुपैयाँ एसएमई कर्जा प्रवाह गरेको तथ्यांक छ ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्