site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन महिनापछि भोजपुरमा उडान सुरु

टक्सार (भोजपुर) । बन्द भएको तीन महिनापछि भोजपुर विमानस्थलबाट उडान सुरु भएको छ । गत पुसबाट बन्द रहेको विमानस्थलमा नेपाल वायुसेवा निगमको विमानले आजदेखि उडान थालेको निगम भोजपुरका स्टेसन प्रमुख प्रकाश खड्काले जानकारी दिए ।

उनका अनुसार, भोजपुरमा अब नयाँ तालिका अनुसार उडान हुनेछ । 

विसं २०३५ देखि उडान सुरु भएको विमानस्थलबाट नेपाल वायुसेवा निगमको विमानले मात्र सेवा दिँदै आएको छ । भोजपुर नगरपालिका–१२, टक्सारमा रहेको विमानस्थलमा ५४५ मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग छ ।

उडान बन्द हुँदा जिल्ला अस्पतालबाट काठमाडौं रेफर गरिएका बिरामी र यात्रु मारमा परेका थिए । निगमका दुईवटा साना विमानमध्ये एउटा मर्मत भइरहेको र मर्मत सकिएपछि उडानमा सहज हुने निगमले जनाएको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro