site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्वकप २०२६ मा छनोट हुने दोस्रो टिम बन्यो न्युजिल्यान्ड

काठमाडौं । न्युजिल्यान्ड फिफा विश्वकप २०२६ मा छनोट हुने दोस्रो देश बनेको छ । न्युजिल्यान्ड ओसियाना फुटबल महासंघ (ओएफसी)बाट विश्वकपमा छनोट भएको हो ।

उक्त विश्वकपका निम्ति न्युजिल्यान्डअघि एसिया महादेशबाट जापान छनोट भएको छ ।

सोमबार ओएफसी छनोटअन्तर्गत अकल्यान्डमा न्युजिल्यान्डले न्यु कालाडोनियालाई ३–० ले पराजित गर्‍यो । न्युजिल्यान्डको जितमा माइकल बोक्साल, कोस्टा बार्बारोउजेज र एलिजा जस्टले गोल गरे । माइकलले ६१औँ, बार्बारोउले ६६औँ र जस्टले ८०औँ मिनेटमा गोल गर्दै जित दिलाएका हुन् । 

न्युजिल्यान्डले यसअघि दुईपल्ट फिफा विश्वकपमा सहभागिता जनाइसकेको छ । न्युजिल्यान्ड सन् १९८२ र २०१० मा विश्वकपमा सहभागी थियो ।

फिफा विश्वकप २०२६ अमेरिका, मेक्सिको र क्यानडामा आयोजना गरिँदै छ । आउँदो वर्षको जुन ११ देखि विश्वकप सुरु हुने तालिका छ । विश्वकपमा तीन आयोजकसहित कुल ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro