site stats
बाह्रखरी :: Baahrakhari
खेल
सिन्धुपाल्चोकमा ‘प्रथम महिला बिच रग्बी’ प्रतियोगिता हुने

काठमाडौं । सिन्धुपाल्चोकमा ‘प्रथम महिला बिच रग्बी प्रतियोगिता’ आयोजना हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत नेपाल रग्बी संघले सिन्धुपाल्चोकस्थित सुकुटे बीचमा रग्बी प्रतियोगिता आयोजना गर्न लागेको जनाएको हो ।

आयोजक रग्बी संघका अनुसार, आगामी असार ८ र ९ गते प्रतियोगिता हुनेछ । प्रतियोगितामा कर्णाली, वाग्मती र मधेस प्रदेश गरी तीन प्रदेश तथा गोर्खाली रग्बी क्लब, नेपाल महिला रग्बी क्लब, सिन्धुपाल्चोक रग्बी क्लब गरी ६ टिमले सहभागिता जनाउने छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रतियोगिताको अनुमानित बजेट १३ लाख रुपैयाँ रहेको छ । प्रतियोगिताको विजेता तथा उपविजेता दुवैलाई मेडल, ट्रफी, प्रमाणपत्र र ‘फन प्याकेज’ बाट पुरस्कृत गरिनेछ । प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी र उदयमान खेलाडीलाई ट्रफीबाट पुरस्कृत गरिनेछ । 

संघले अन्तर्राष्ट्रिय ओलम्पिक दिवस २०२५ को अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।


 

 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १९:२६
प्रतिक्रिया दिनुहोस्