site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वस्तिमा भन्छिन्– ‘वसन्त’ले समाजका धेरै पक्षलाई प्रश्न गर्नेछ

काठमाडौं । चलचित्र ‘वसन्त’ले समाजका विभिन्न पक्षलाई उठान गर्ने यसका सर्जक तथा कलाकारले बताएका छन् । 

जातिय विभेद, छुवाछुत, आर्थिक असमानता, प्रेम, विश्वास, शान्तिजस्ता विषयलाई ‘वसन्त’ले उठान गरेको निर्देशक समेत रहेका कलाकार प्रकाश सपूतले बताएका छन् । 
 
पात्रको नाम अनुसारको विषय चलचित्रले उठान गरेको उनले बताए । “शान्ति, सपना, प्रेम, सत्य हाम्रो चलचित्रका मुख्य पात्र हुन् । हाम्रो समाज, भुगोल हाम्रो जीवन र समग्र विश्व नै यसकै वरिपरि घुमेको छ,” प्रकाश भन्छन्, “यही विषयलाई हाम्रो चलचित्रले उठान गरेको छ । जात र छुवाछुतको विषय मात्रै उठान गरेको छ ।”

चलचित्रमा लैंगिक, बर्गीय र भौगोलिक विभेद, गरिबी, असमानता, वैदेशिक रोगजार, प्रेम, एउटै समाजबीच रहेका ससना कुराले सिर्जना गर्ने टकराबलाई देखाएको प्रकाशले बताएका छन् ।  

‘वसन्त’की नायिका स्वस्तिमा खड्काले प्रकाशले चलचित्रमार्फत समाजलाई धेरै प्रश्न गरेको बताएकी छन् । राजनीति र नेतालाई प्रकाशले प्रश्न गरेको उनले बताएकी छन् । 

‘वसन्त’ चैत २२ गते रिलिज हुनेछ । प्रकाशको डेब्यु निर्देशन रहेको चलचित्रमा प्रकाश र स्वस्तिमासँगै प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्कबहादुर पुन, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहारीलगायत कलाकारको अभिनय रहेको छ ।

सोसल ड्रामा ‘वसन्त’मा कथा, पटकथा र संगीत पनि निर्देशक प्रकाशकै रहेको छ । 

विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा ‘वसन्त’ले भन्ने निर्माणपक्षले जनाएको छ । 

चलचित्रको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १४:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro