site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी डलरको भाउ स्थिर, मलेसियन रिंगेटको मूल्य कति छ ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलरको भाउ स्थिर रहेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ २६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८६ पैसा कायम भएको छ ।
 
युरोपियन युरो एकको खरिददर १४८ रूपैयाँ ४५ पैसा र बिक्रीदर १४९ रूपैयाँ १० पैसा, यूके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रूपैयाँ ३३ पैसा र बिक्रीदर १७८ रूपैयाँ ११ पैसा तोकिएको छ । 

स्वीस फ्रयांक एकको खरिददर १५५ रूपैयाँ ३९ पैसा र बिक्रीदर १५६ रूपैयाँ ०७ पैसा कायम गरिएको छ ।
 
अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ०८ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४५, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ६५ पैसा र बिक्रीदर ९६ रूपैयाँ ०७ पैसा तोकिएको छ । 

सिंगापुर डलर एकको खरिददर १०२ रूपैयाँ ७३ पैसा र बिक्रीदर १०३ रूपैयाँ १८ पैसा निर्धारण गरिएको छ ।
 
जापानी येन १० को खरिददर नौ रूपैयाँ १९ पैसा र बिक्रीदर नौ रूपैयाँ २३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९३ पैसा र बिक्रीदर १९ रूपैयाँ ०२ पैसा तोकिएको छ । 

साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८२ पैसा कायम भएको छ ।
 
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०७ पैसा र बिक्रीदर चार रूपैयाँ ०८ पैसा, यूएई दिराम एकको खरिददर ३७ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५३ पैसा कायम गरिएको छ । 

मलेसियन रिंगेट एकको खरिददर ३१ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३१ रूपैयाँ १८ पैसा निर्धारण भएको छ । 

साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ३८ पैसा र बिक्रीदर नौ रूपैयाँ ४२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ५३ पैसा र बिक्रीदर १३ रूपैयाँ ५९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ९० पैसा र बिक्रीदर १९ रूपैयाँ ९९ पैसा तोकिएको छ ।
 
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६६ पैसा र बिक्रीदर १७ रूपैयाँ ७३ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रूपैयाँ २९ पैसा र बिक्रीदर ४४७ रूपैयाँ २३ पैसा तोकेको छ । 

बहराइन दिनार एकको खरिददर ३६४ रूपैयाँ १२ पैसा र बिक्रीदर ३६५ रूपैयाँ ७१ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३५८ रूपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।

भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
 
राष्ट्र बैकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  ०५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro