site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
होटेल मक्र्योरमा ठेट इटालियन स्वाद पस्कन नयाँ रेस्टुरेन्ट ’सोप्रा इटालियानो’

काठमाडौं । इटालियन स्वादप्रेमीलाई लक्षित गर्दै काठमाडौंको सुकेधारामा रहेको पाँचतारे ‘होटेल मक्र्योर काठमाडौं’ले इटालियन रेस्टुरेन्ट ‘सोप्रा इटालियानो’ सुरु गरेको छ ।

सोप्रा इटालियानोको मेनुमा इटालियन ताजा पिज्जा, पास्ता तथा उत्कृष्ट इटालियन डिजर्ट समावेश गरिएको छ । परिकारहरूले सबै ग्राहकलाई इटालीको वास्तविक स्वाद पस्किने बताइएको छ ।

रेस्टुरेन्टको वातावरण परम्परागत इटालियन आकर्षणलाई आधुनिक सौन्दर्यसँग संयोजन गर्दै पारिवारिक जमघट, विशेष उत्सव तथा डिनरका लागि उपयुक्त बनाइएको होटेलका महाप्रबन्धक विजय नन्मरन एसले बताए ।

नेपालका लागि फ्रान्सेली राजदूत भर्जिनी कोर्टेभलले उद्घाटन गरेको यो रेस्टुरेन्ट आउटलेट इटालियन खानाका पारखीहरूका लागि नयाँ र उत्कृष्ट गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।

व्यवसायी देशबन्धु बस्नेतको कम्पनी दि मेट्रोपोलिटन होटेल प्रालिले तीन अर्ब रूपैयाँभन्दा बढी लगानीमा निर्माण गरेको १०४ वटा कोठा भएको ’होटल मक्र्योर काठमाडौं’ युरोपियन हस्पिटालिटी ब्रान्ड मक्र्योरले व्यवस्थापन गरेको हो ।

रोमन यात्री देवता मक्र्युरीबाट प्रेरित मक्र्योर, आवास सुविधा मात्र नभई स्थानीय संस्कृति र अनुभवसहितको आतिथ्य सेवा हो । सन् १९७३ मा फ्रान्समा स्थापना भएको यो ब्रान्डले विश्वव्यापी मापदण्डलाई स्थानीय स्वादसँग मिसाएर उत्कृष्ट आतिथ्य सेवा प्रदान गर्दै आएको छ ।

विश्वका ११० भन्दा बढी देशहरूमा ५,७०० भन्दा बढी संरचना भएको अकोर हस्पिटालिटी समूहको सदस्यका रूपमा, म्यक्युरले आतिथ्य क्षेत्रमा गुणस्तरीय आतिथ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

अकोर हस्पिटालिटीको मक्र्योर ब्राण्डमा ६० भन्दा बढी देशहरूमा हजारभन्दा बढी होटल सञ्चालनमा छन् । पाहुनाहरूलाई ‘फिल लोकल एभ्रीह्वेर’को अनुभव प्रदान गर्नु मक्र्योरको मुख्य विषेशता हो ।

 

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro