site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रोबर्ट प्रिभोस्ट बने नयाँ पोप, पहिलो सन्देशमा के भने ?

काठमाडौं । रोबर्ट प्रिभोस्ट भ्याटिकनको नयाँ पोप बनेका छन् । प्रिभोस्ट अब पोप लियो चौधौँको रूपमा रहनेछन् । 

शिकागोमा जन्मिएका नवनिर्वाचित पोपले बिहीबार भ्याटिकनमा उत्साहित भीडलाई इटालियन भाषामा भने, “तपाईंहरू सबैलाई शान्ति मिलोस् ।” 

उनले सबैलाई शान्तिको शुभकामना दिएका छन् । “दाजुभाइ तथा दिदीबहिनीहरू म तपाईंहरूका परिवारहरूलाई र तपाईंहरू सबैलाई जहाँ भए पनि शान्तिको शुभकामना पठाउन चाहन्छु । तपाईंहरूमा शान्ति रहोस् ।”

उनले आफ्ना पोप फ्रान्सिसलाई श्रद्धाञ्जली अर्पण गर्दै भने, “उनी मानिसहरूलाई आशीर्वाद दिन चाहन्छन्, जसरी पोप फ्रान्सिसले सेन्ट पिटर्स स्क्वायरमा आफ्नो अघिल्लो उपस्थितिमा गरेका थिए ।”

पोप लियो चौधौँले दुई दिने सम्मेलनमा आफूलाई निर्वाचित गर्ने कार्डिनलहरूलाई धन्यवाद दिएका थिए । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  ०६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro