site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिटी स्क्वायर महलमा ‘वसन्त’को ट्रेलर  

काठमाडौं । चलचित्र ‘वसन्त’को ट्रेलर बसुन्धारास्थित सिटी स्क्वायर महलमा ‘वसन्त–साँझ’को आयोजना गर्दै सार्वजनिक हुँदै छ । 

चैत ९ गते सिटी स्क्वायर मलअगाडि आयोजना हुने वसन्त साँझमा अभिनेत्री स्वस्तिमा खड्का, गायक तथा अभिनेता प्रकाश सपूत, गायिका शान्तिश्री परियार, प्रीति आले तथा देवेन्द्र बब्लुले प्रस्तुति दिनेछन् । 

चलचित्र ‘वसन्त’का निर्देशक, अभिनेता तथा गायक प्रकाश सपूतले धेरै दर्शकबीच वसन्त साँझ आयोजना गर्न लागिएको बताएका छन् । 

प्रकाशको डेब्यु निर्देशनमा निर्माण भएको चलचित्रमा  प्रकाशसँगै स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे,  खड्क बहादुर पुन, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहारीलगायत कलाकारको अभिनय रहेको छ ।

सोसल ड्रामा ‘वसन्त’मा कथा, पटकथा र संगीत पनि निर्देशक प्रकाशकै रहेको छ । 

विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा ‘वसन्त’ले भन्नेछ । 

चलचित्रको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ छन् ।

‘वसन्त’ चैत २२ गते रिलिज हुनेछ ।  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro