site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
गोरा र एसियालीलाई प्राथमिकता दिएको मुद्दा सुल्झाउन गुगलले दुई करोड ८० लाख डलर तिर्दै

काठमाडौं । गुगलले गोरा र एसियाली कर्मचारीहरूलाई प्राथमिकता दिएको मुद्दा समाधान गर्न दुई करोड ८० लाख अमेरिकी डलर तिर्ने भएको छ ।

गुगललाई गोरा र एसियालीलाई बढी तलब दिएको र अन्य कामदारभन्दा ठूलो पदमा राखेर पक्षपात गरेको आरोप लागेको थियो ।

यो सम्झौतालाई गत हप्ता क्यालिफोर्नियाको सान्ता क्लारा काउन्टी सुपीरियर कोर्टका न्यायाधीश चार्ल्स एडम्सले प्रारम्भिक स्वीकृति दिएका छन् ।

यो पक्षपातको विषय सन् २०१८ को फेब्रुअरी १५ देखि सन् २०२४ को डिसेम्बर ३१ सम्मको अवधिमा गुगलका ६ हजार ६३२ कर्मचारीसँग जोडिएको छ ।

गुगलकी प्रवक्ता कोर्टने मेन्सिनीले यो सम्झौतालाई मंगलबार पुष्टि गरेकी छन् । तर, कसैलाई पनि फरक व्यवहार गरेको आरोपसँग गुगल असहमत रहेको र सबै कर्मचारीलाई निष्पक्ष रूपमा तलब, भर्ना र स्तरोन्नति गरेको उनको भनाइ छ ।

यो मुद्दालाई मेक्सिकन र आदिवासीको पहिचान दिने आना कान्टुले नेतृत्व गरेकी थिइन् ।

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro