site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पीएनओको मुद्दालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘पिपुल्स अफ नेपाली ओरिजिन’ (पीएनओ)को मुद्दालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

गैरआवासीय नेपाली संघको पीएनओकेन्द्रित दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा प्रधानमन्त्री ओलीले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । “गैर–आवासीय नेपाली संघ मात्र नभइ नेपाल सरकार पनि यस विषयमा प्रतिबद्ध छ,” प्रधानमन्त्री ओलीले भने ।

दोस्रो विश्वयुद्धपछि विभिन्न कारणले विभिन्न देशहरूमा गएर बसोबास गरेका नेपालीहरूको विषयमा सरकार सचेत रहेको उनको भनाइ थियो । “गैरआवासीय नेपालीहरूको अवस्था विभिन्न प्रकारका हुन्छन् – केही स्थायी रूपमा विदेशमा छन् भने केही अस्थायी रूपमा पेसा वा व्यवसायमा संलग्न छन् । यस परिप्रेक्ष्यमा, के कस्ता नीति लिनुपर्छ, सरकारले के कस्ता अपेक्षा राख्न सक्छ, गैर–आवासीय नेपालीहरूले के कस्ता योगदान दिन सक्छन्,र नेपालले उनीहरूबाट के कस्ता अपेक्षा गर्न सक्छ भन्ने विषयमा यो सम्मेलनले महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएको छु,” उनले भने ।

सम्मेलनले गैर–आवासीय नेपालीहरूलाई आफ्नो पैत्रिक थलो पत्ता लगाउन मद्दत गर्ने धारणा उनको थियो । विशेष गरी कम्बोडिया, म्यानमार, थाइल्याण्ड, मलेसिया जस्ता देशहरूमा रहेका नेपालीहरूको मूल थलो पत्ता लगाउन कठिनाइ भइरहेको उनले जनाए ।

नेपाल सरकारको उच्च तहबाट प्रतिनिधित्व हुनुले पनि उक्त विषयमा सरकारको चासो र रुचि पुष्टि भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “यो रुचि केवल औपचारिक छैन, यो सार्थक र उद्देश्यपरक छ भन्ने विश्वास म व्यक्त गर्न चाहन्छु ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro