site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मध्यपुर थिमिमा आगलागी : १२ लाखको क्षति
सांकेतिक तस्बिर ।

भादगाउँ । भक्तपुरको मध्यपुर थिमि–४ स्थित मध्यपुर अस्पताल नजिक जस्ताको टहरामा पाँचवटा पसलमा आगलागी हुँदा करिब १२ लाखको क्षति भएको छ । 

काभ्रेपलान्चोकको बेथानचोक गाउँपालिका–४ घर भई हाल मध्यपुर थिमि बस्ने २३ वर्षीय सनिस श्रेष्ठले जग्गा भाडामा लिई सञ्चालन गरिरहेको दुनोट उद्योगमा लागेको आगोसँगै रहेका अन्य पसलमा पनि सल्केको थियो ।

सनिसको दुनोट उद्योगमा आइतबार दिउँसो करिब पौने १ बजे करेन्ट सर्ट भइ आगलागी भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेले बताए । दुनोट पसलबाट लागेको उक्त आगोले सँगै रहेको खाजा पसल, मोटरसाइकल वर्कशप, मसला पसल र तोफु पसलमा समेत क्षति गरेको प्रनाउ नेउपानेले जानकारी दिए ।

आगलागीबाट सनिसको दुनोट उद्योगभित्र रहेको करिब एक लाख ३८ हजार धनमाल जलेर नष्ट भएको उनले जानकारी दिए । उनका अनुसार आगलागीबाट सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ का २० वर्षीय समित बाँनियाले सञ्चालन गरेको खाजा पसलमा तीन लाखको क्षति भएको छ ।

यसैगरी, भक्तपुरको सूर्यविनायक नगरपलिका–४ सिकारीटारका २४ वर्षीय सुमन श्रेष्ठले सञ्चालन गरेको मोटरसाइकल वर्कशपमा आठ हजार, सूर्यविनायक नगरपालिका–१ सिरुटारका ४५ वर्षीय यमविक्रम कार्कीले सञ्चालन गरेको मसला पसलमा तीन लाख १९ हजार तथा बाँकेको नेपालगञ्ज नगरपालिका–२ का ४५ वर्षीय राजेन्द्रकुमार श्रेष्ठले सञ्चालन गरेको तोफु पसलमा चार लाख चार हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । 

आगलागी प्रहरी, स्थानीय बासिन्दा र जुद्ध वारुणयन्त्र कार्यालय भक्तपुरको दमकलको सहायताले नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक नेउपानेले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए । रासस

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  २३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro