site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीमा वर्षा र हिमपात, दुईवटा प्रदेशमा हावाहुरीको सम्भावना, काठमाडौंमा के हुन्छ ?  
फाइल तस्बिर । 

काठमाडौं । देशका केही भूभागका आज वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 

बिहान कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ ।

गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

अन्य प्रदेशमा भने आज मौसम आंशिक बदली रहे पनि मुख्यतया सफा रहने मौसमविद् विनु महर्जनले जानकारी दिइन् । 

कोसी र मधेस प्रदेशका केही स्थानमा आज हावाहुरीको सम्भावना रहेको छ । अपराह्नपछि यी दुई प्रदेशमा हावाहुरीको सम्भावना रहेको हो । 

काठमाडौंमा आज वर्षाको सम्भावना नरहेको उनले बताइन् । 

“काठमाडौं उपत्यकामा आज वर्षाको सम्भावना छैन । वायुमण्डलको माथिल्लो भागमा बादल हुनेछ,” उनले भनिन्, “अहिले बिहान पनि काठमाडौंमा हाइक्लाउड देखिएको छ । दिउँसो पनि हुनेछ । तर, यसले वर्षा गराउँदैन ।” 

हावाहुरीको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने विभागको भनाइ छ । यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।  

हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  ०६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro