site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्य बिमा सुधार गर्न मन्त्री पौडेलको योजना : सात वर्षभित्र पाँच लाख पुर्‍याइने ! (पूर्णपाठ)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रममा सुधारका निम्ति नयाँ कार्ययोजना प्रस्तुत गरेका छन् । मन्त्रालयका तत्कालीन अतिरिक्त सचिव डा. दिपेन्द्ररमण सिंहको संयोजकत्वमा दुई महिनाअघि गठन गरिएको कार्यदलको प्रतिवेदनका आधारमा कार्ययोजना अघि सारिएको हो ।

जसमा आधारभूत स्वास्थ्य सेवा स्थानीय तहबाट र विशिष्टीकृत सेवा बिमामार्फत प्रदान गर्ने उल्लेख छ । तीनदेखि सात वर्षभित्र कडा रोगका लागि स्वास्थ्य बिमा सेवाको दायरा एकलाख बाट बढाएर पाँच लाख पुर्‍याउन सम्भव रहेको कार्ययोजनामा उल्लेख छ ।

कार्ययोजना सार्वजनिक गर्दै मन्त्री पौडेलले राज्यकोषबाट तलबभत्ता लिने सबै तहका कर्मचारी, जनप्रतिनिधि, संगठित क्षेत्रका कर्मचारीको तलबबाट एक प्रतिशत रकम कट्टा गरी बिमा कोषमा जम्मा गर्न सकिने बताए । 

यस्तै, अनौपचारिक क्षेत्र र विदेशी पर्यटकलाई समेत बिमामा आबद्ध गर्न प्याकेज बनाइने, सेवा प्रयोग नगरेको वर्षको सुविधा रकम अर्को वर्ष जटिल रोगमा उपचार गर्न प्रयोग गर्ने व्यवस्था पनि कार्ययोजनामा उल्लेख छ ।

दीर्घरोगीको छुट्टै एकाइ गठन गरी बिमामा आबद्ध गर्ने, माध्यमिक र उच्च माध्यमिक तहको पाठ्यक्रममा स्वास्थ्य बिमासम्बन्धी विषय समेट्ने कार्ययोजनामा समेटिएको छ । 

कडा रोग तथा अन्य शीर्षकमा मन्त्रालयले दिने सुहलियतका कार्यक्रमलाई एकीकृत गरी बिमामार्फत नै सञ्चालन गर्ने, मन्त्रालय मातहतका निकायबाट सञ्चालन हुने सबै कार्यक्रलाई बिमामा ल्याउने पनि उल्लेख छ ।

सामाजिक सुरक्षा कार्यक्रमलाई पनि बिमामा ल्याउने गरी कानुन संशोधन गर्ने, चिनीजन्य पदार्थ, वातावरण प्रदूषण, जंक फुड, रासायनिक सामग्री उत्पादन र उपभोगबापतको करको केही प्रतिशत बिमा कोषमा जम्मा हुनेगरी व्यवस्था गर्ने पनि मन्त्री पौडेलको कार्ययोजना छ ।

कार्ययोजनामा मासिक, वार्षिक हुँदै सात वर्षसम्म गर्नुपर्ने सुधारहरूको वर्गीकरण गरेर ५० बुँदामा योजना प्रस्तुत गरिएको छ । त्यसका निम्ति राज्यले नै बिमालाई राष्ट्रिय गौरवको योजना बनाएर अघि बढ्नुपर्ने मन्त्री पौडेलले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १४:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro